Nic Ad Nic Ad
Nic Ad Nic Ad

बबरमहलबाट रुबी खान पक्राउ

सोमबार, माघ ९, २०७९

काठमाडौँ – प्रहरीले रबी खानसहित अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । 


बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरबाट र्‍यालीसहित गएको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु जिल्ला अदालतको बाटो सिंहदरबार तर्फ जान थालेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

सिंहदरबार आन्दाेलन निषेधित क्षेत्र हाे । आन्दाेलनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।  


उनीहरुले निर्मला कुर्मीलाई बेपत्ता पारेको घटानाको अनुसन्धान गर्न र आरोपीलाई पक्राउ गर्न माग गरेका छन् । 


उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्