नेभिगेशन
विज्ञान प्रविधि

जिप दुर्घटनामा १ को मृत्यु, ७ घाइते

काठमाडौँ – म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

 

प्रहरी निरीक्षक राजन ढकालले मङ्गला १ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । 

 

मङ्गला १ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला २ की २२ वर्षीया विपना कार्की, मङ्गला १ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । 

 

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय