नेभिगेशन
विज्ञान प्रविधि

पूर्व क्रिकेटर महबुब आलम विराटनगरबाट पक्राउ

काठमाडौँ– पूर्व क्रिकेटर महबुब आलम पक्राउ परेका छन् । सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्पट फिक्सिङको आरोप लागेका उनलाई विराटनगर बसपार्क नजिकैको भिन्तुना होटलबाट पक्राउ गरिएको हो । 


उनी हिसान मिटका लागि विराटनगर आएको बेला पक्राउ परेका हुन् । उनलाई कान्तिपुर कलेजले प्रशिक्षकका रुपमा हिसान मिटमा सहभागी हुन विराटनगर बोलाएको थियो ।

 

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले महबुब नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि प्रहरीले उनलाई पक्रेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय