तीन नेपाली पाइलटलाई कारबाही गर्न प्राधिकरणकाे निर्देशन
काठमाडौँ– नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ।
एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी) को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो।
हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको हो । पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्