नेभिगेशन
खेलकुद

फ्रेन्च कप फुटबलमा पीएसजीको फराकिलो जित

काठमाडौँ–पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलमा फराकिलो जित दर्ता गरेको छ ।
सोमबार राति भएको खेलमा पीएसजीले छैटौं श्रेणीको पाएस डी कासेलमाथि ७–० को फराकिलो अन्तरले विजयी भएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १–१ गोल थपे ।
एमबाप्पेले खेलको २९ औं, ३४ औं, ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए । यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।
एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
जितसँगै पीएसजी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब पीएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद