नेभिगेशन
समाज विविध

महिला सशक्तिकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुने

काठमाडौ–शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ । यो ह्याकाथन माघ २७ देखि माघ २९ गतेसम्म हुनेछ ।
विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ । यसको प्रमुख उद्देश्य महिलालाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गल्र्स इन टेक र वुमन इन बिग डेटा छन् ।
छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न विषयमा प्रोटोटाइपहरू बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौँलगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसन भइ रहेको छ ।
ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध