अनमोल र आना फेरि पर्दामा देखिँदै
काठमाडौँ –फिल्म ‘जेरि’ पछि एक साथ पर्दामा नदेखिएका अनमोल केसी र आना शर्मा फेरि पर्दामा देखिने भएका छन् । ‘जेरि’ कै अर्को पार्ट ‘जेरि २’ बन्ने तयामा छ । ‘जेरि’ फिल्मलाई दर्शकले राम्रैसँग रुचाएका थिए ।
यस फिल्ममा सोही जोडी दोहोरिने भएका हुन् । चकलेटी अनुहार भएका अनमोल केसी पर्दामा ‘लभर बोय’ कै रुपमा दर्शकले बढी रुचाउने गर्छन् । फिल्मका कलाकारहरू फागुन लागेपछि सुटिङको पूर्वअध्यासका लागि वर्कशपमा जाने तयारीमा छन् ।
केसीको एक्सन फिल्म ‘छड्के २’ रिलिज पछि काम सुरु हुने बताइएको छ । ‘जेरि २’को कथावस्तु ‘जेरि’ सँग बिल्कुल भिन्न छ । ९ वर्षपछि बल्ल ‘जेरि’ पछि ‘जेरि २’ प्रर्दशनमा आउन लागेको हो ।
फिल्मको सुटिङ्ख काठमाडौँ, अस्ट्रेलिया र क्यानडामा हुने भएको छ । फिल्म कस्तो बन्ने छ र फेरि पनि केसी र शर्माको जोडीलाई दर्शकले कतिे रुचाउने छन् यो हेर्न भने केहि समय कुर्नु नै पर्ने हुन्छ ।