नेभिगेशन
समाज विविध

स्वास्थ्य क्षेत्र सुधारका लागि पुरानो भत्काएर नयाँ बनाउँदै छौं : मन्त्री गिरी

काठमाडौँ–स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै प्रमुख लक्ष्य रहेको बताएका छन् । 

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारको लागि पुरानो संरचना भत्काएर नयाँ बनाउने बताए । 

आफूले सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने संकल्प लिएर काम गरिरहेको उनले बताए ।

स्वास्थ्यका प्रणालीहरू चुस्त, दुरुस्त बनाई स्वास्थ्य क्षेत्रमा भएका विकृति अन्त्य गर्न  सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न चाहेको उनले बताए ।

स्वास्थ्य सेवालाई चुस्त बनाउन मन्त्रालय आवश्यक काम गर्न तयार रहेको पनि उनले बताए ।

आफ्नो कार्यकालमा नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय र अब्बल छ भन्ने सावित गर्ने प्रयासमा रहेको मन्त्री गिरीले दाबी गरे ।

उनले भने,‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थानमा ३०० बेडको अस्पताल स्थापना गर्छौं ।’ 

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम भएको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध