नेभिगेशन
समाज विविध

बाजुरामा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

मुगु –बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षतिको विवरण भने आइसकेको छैन । भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको छ । भूकम्पको झट्का भारतको दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस भारतीय सञ्चारमध्यमहरूले जनाएको छ ।

यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध