नेभिगेशन
बैंक–वित्त

तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छः गभर्नर अधिकारी

काठमाडाैँ–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताएका हुन् ।

उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए । सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको उनले बताए । 

गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायीक आवश्यकता बुझेर मर्जर गरिरहेको भन्दै सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए ।

आवश्यकतालाई सरकारी बैंकहरुले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने उनको भनाइ थियो । 

‘बैंकिङ व्यवसाय अत्यन्तै चुनौतिपूर्ण व्यवसाय हो । एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ,’ उनले भने, ‘बैंकको एक वर्षको प्रोभिजन सकियो । त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ । बैंकका कर्मचारीहरु संवेदनशिल भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ ।’

राष्ट्र बैंकले बैकिङ सेवालाई मुलुकभर बढाउन खोजेको भन्दै ७५३ मध्ये ७५२ स्थानीय तहमा बैंकका शाखाहरु पुगेको उनले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप बैंक–वित्त