आगामी तीन दिनको मौसमी अवस्थाः पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ– हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती लुम्बिनी प्रदेश , गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ १२ गते बिहीबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माघ १३ गते शुक्रवार दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीको प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाको मौसमअनुसार्, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहनु र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।