यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं– नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ ०७:१५
प्रतिक्रिया दिनुहोस्