नेभिगेशन
समाज विविध

संसद् भवनअघि आफैँलाई आगाे लगाएका आचार्यको मृत्यु

काठमाडौँ– मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गर्ने प्रेमप्रसाद आचार्यको बुधबार बिहान मृत्यु भएको छ ।

उनले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई भेट्न मंगलबार स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध