नेभिगेशन
समाज विविध

गृहमन्त्री लामिछानेको मुद्दा सुनुवाइ हुने इजलासमा फेरिए न्यायाधीश

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा सुनुवाइ गर्ने इजलासमा एक न्यायाधीश फेरिएका छन् । 

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संवैधानिक इजलासमा समेटिएका छन् । २२ पुसको इजलासमा प्रकाशमानसिंह राउत थिए । तर, आजको इजलासमा उनी हटेका छन् ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठ विदामा भएका कारण त्यसबेला राउत इजलासमा समेटिएका थिए ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् ।

आजको इजलासबाट लामिछाने नागरिकता विवादसम्बन्धी मुद्दाको नियमित सुनुवाइ हुने र बीचमा नरोकिने पुस २२ को इजलासले नै आदेश दिएको छ ।

Court_Rabi_1674628834.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध