प्रेम आचार्यको आत्मदाहपछि माइतीघरमा प्रदर्शन : अर्को श्रद्धाञ्जली मेरा लागि नहोस्
काठमाडाै- इलामका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भयो ।
देशमै केही गर्न खोज्दा राज्य प्रणालीको कमजोरीका कारण आफूले आत्मदाह गर्न लागेको उनले फेसबुकमा लेखेका थिए ।
आचार्यको मृत्युपछि विभिन्न संघ संस्थाको आह्वानमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरु अब अर्को श्रद्धाञ्जली मेरा लागि नहोस्, यो देश हो कि बधशाला ? दलालहरु होसियार जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १३:३५
प्रतिक्रिया दिनुहोस्