रवि लामिछानेको नागरिकता विवाद मुद्दा हेर्दाहेर्दैमा
काठमाडाै- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।
बुधबार संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादबारेको मुद्दाको सुनुवाइ भएको थियो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकतर्फका वकिल र सरकारी वकिलहरुले बहस गरेका छन् ।
रिट निवेदकहरुले भने पुनः नेपाली नागरिकता प्राप्तिका लागि प्रक्रियामै सहभागी नभएको हुँदा लामिछाने नेपाली भए पनि नेपाली नागरिक नरहेको दावी गरेका छन् ।
तर, सरकारी वकिलहरुले भने विधि नपनाएकै कारण कोही पनि गैर नेपाली नहुने जिकिर गरेका छन् ।
सरकारी वकिलहरुले लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको स्वीकारेका छन् ।
अब शुक्रबारको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने छ ।