Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोख भाडामा लिएर छोराकी आमा भइन् पेरिस हिल्टन 

बुधबार, माघ ११, २०७९

वासिङ्टन– तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी अमेरिकी सञ्चारकर्मी एवम् हिल्टन होटलकी उत्तराधिकारी पेरिस हिल्टन छोराकी आमा बनेकी छन् । 

नवजात शिशुले आफ्नो बूढीऔँला समातेको तस्बिर सामाजिक सञ्जाल इन्सटाग्राममार्फत सार्वजनिक गर्दै उनले आफू आमा बनेको घोषणा गरेर प्रशंसकहरूलाई चकित पारेकी छन् । उनले लेखेकी छन्–‘म तिमीलाई अथाह माया गर्छु, मेरो स्नेह शब्दमा वर्णन गर्न सकिदैन ।’

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Paris Hilton (@parishilton)

अमेरिकी मनोरञ्जन ‘मिडिया’का अनुसार हिल्टनले कोख भाडामा लगाएर सन्तान प्राप्त गरेकी हुन् । 

टेलिभिजनमा ‘रियालीटी सो’ प्रस्तुत गर्ने पूर्वप्रस्तोता ४१ वर्षिया हिल्टनले गत महिना एउटा अन्तर्वार्तामा कोख भाडामा लिएर सन्तान प्राप्तिको चिकित्सकीय प्रक्रिया (आइभिएफ) प्रारम्भ गरेको जानकारी दिएकी थिइन् । उक्त प्रक्रिया कोरोना महामारीको बेला थालिएको खुलासा पनि उनले गरेकी थिइन् । 

लगानीकर्ता कार्टर रियमसँग उनले सन् २०२१ मा विवाह गरेकी हुन् । आफ्ना साथी किम कार्डासिएनको सल्लाहमा आइभिएफ प्रक्रिया अपनाएको उनले बताएकी छन् । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्