नेभिगेशन
विश्व

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

क्वालालम्पुर । मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ । त्यस्तै, उत्तरी बोर्नियो राज्य सबाह र पाहाङ राज्यमा पनि बाढीले गर्दा सामान्य जीवन प्रभावित भएको छ । 

सिंचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चार वटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ । 

मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ । 

मलेसियामा गतवर्ष पनि बाढकिा कारण हजारौँ मानिस प्रभावित बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन