यस्तो छ आगामी ३ दिनको मौसमी अवस्था
काठमाडौँ– हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
र, शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।