Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वाभिमान र सबैको लघुवित्तकाे लाभांश घोषणा

बिहीबार, माघ १२, २०७९

काठमाडौं-  २ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।

यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

स्वाभिमान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद  गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० छ । 

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी २७ करोड छ। 

दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला लघुवित्तले लाभांश नदिने
शुक्रबार, माघ १९, २०८०