नेभिगेशन
विश्व

नाइजेरिया विस्फाेटमा २७ जनाको मृत्यु

मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विस्फाेटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । 

विस्फाेटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् । घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् । 

विस्फाेटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ ।

नासारवाका गभर्नरले विस्फाेटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन