Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिउँ पन्छाएपछि जुम्लामा हवाई उडान सुरु

बिहीबार, माघ १२, २०७९

जुम्ला– जुम्लालगायत माथिल्लो कर्णालीमा मंगलबारदेखि भएको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगन्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।   

२ दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुइवटा मात्रै उडान भएको छ ।’

विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए ।

हवाई सेवा बन्द हुँदा नेपालगन्जबाट जुम्ला आउने यात्रु अलपत्र परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्