बागमती प्रदेशका मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्य न्यायाधिवक्तामा नेपाललाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई मुख्य न्यायाधिकवक्तामा आज नियुक्त गरेका हुन् ।
यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ २०:२५
प्रतिक्रिया दिनुहोस्