Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको मुद्दामा सकियो बहस, फैसला आजै आउन सक्ने

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे मुद्दाको बहस सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।

बुधबार सुरु भएको सुनुवाइ नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आजको सुनुवाइमा दुवैतर्फका अधिवक्ताहरूले बहस सकेका छन् ।

शुक्रबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसी, अधिवक्ताहरू आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरे ।

यस्तै, निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जबाफी बहस गरे ।

अहिले न्यायाधीशहरू फैसलाको तयारीमा जुटेको र सम्भवतः आजै फैसला आउन सक्ने बताइएको छ ।

अधिवक्ता रविराज बसौला र युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद योग्यतामा प्रश्न उठाउँदै रिट हालेका थिए । 

निष्क्रिय रहेको नेपाली नागरिकता पुनः नब्युँताई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उनको सांसद पद खारेजको माग गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्