Nic Ad Nic Ad
Nic Ad Nic Ad

१६ जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च

शुक्रबार, माघ १३, २०७९

तिलोत्तमा —लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको पाइएको छ । ७० औं कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो । 

samridhi jewllers

हाल देशभर २ हजार १७३ जना कुष्ठरोग बिरामी छन् । त्यसमध्ये लुम्बिनी प्रदेशमा ५८४ कुष्ठरोगीहरु छन् । निर्देशनालयका निर्देशक डा. विनोद गिरीले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको बताए । सबैभन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका बिरामीहरु छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना कुष्ठरोगीहरु रहेका छन् । यस्तै कपिलबस्तुमा १२१, नवलपरासी पश्चिममा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७÷७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी छन् ।

सातै प्रदेश मध्ये सबैभन्दा बढी कुष्ठरोगीहरू मधेस प्रदेशमा र सबैभन्दा कम वाग्मती प्रदेशमा बिरामी छन् । मधेस प्रदेशसभामा प्रति १० हजारमा १ दशमलव ४१ दर रहेको छ भने वाग्मती प्रदेशमा ० दशमलव १७ प्रतिशत रहको छ ।

लुम्बिनी प्रदेशले कुष्ठरोग नियन्त्रणका लागि सक्रिय बिरामी खोज्ने काम, कुष्ठरोग रोकथाम, जनचेतनामूलक कार्यक्रम, अपांगता रोकथामलगायत कामहरू गरिरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक रोसनलाल चौधरीले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्