Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने पूर्वमन्त्रीको दर्जामा पनि परेनन् !

शनिबार, माघ १४, २०७९

काठमाडौँ –नागरिकता विवादमा उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछाने पूर्वमन्त्रीको सूचीमा परेका छैनन् ।

गृहमन्त्रालयको वेवसाइटमा पूर्व गृहमन्त्रीहरूको सूचीमा लामिछानेको नाम छैन ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए ।

त्यस लगत्तै गृह मन्त्रालयलले आफ्नो वेवसाइटलाई अपडेट गर्दै लामिछानेको नाम गृहमन्त्रीको सूचीबाट हटाएको हो । तर उनको नाम पूर्वमन्त्रीको सूचीमा राखिएको छैन् । पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहे पनि लामिछानेको नाम भने छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्री भएका थिए । उनी मन्त्रीको रूपमा मात्र ३२ दिनसम्म रहे । 

Capture1674887987.JPG

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्