रास्वपाको संसदीय दलको नेतामा अर्याल
काठमाडौँ– सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल संसदीय दलको नेता भएका छन् । पार्टीले विज्ञप्ती जारी गरी अर्याल पार्टीको संसदीय दलको नेता भएको जनाएको छ ।
यस्तै, पार्टीले अर्याललाई नै कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।
कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको ढकालले बताए ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ १३:४०
प्रतिक्रिया दिनुहोस्