नायक पुष्प खड्का विवाह गर्दै
काठमाडौँ –वसन्त पञ्चमीमा ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा छन् ।
हिन्दु संस्कारअनुसार बाल्यकालमै व्रतबन्ध गर्ने चलन भए पनि अभिनेता खड्काले विवाह गर्ने उमेरमा व्रतबन्ध गरेका हुन । ब्रतबन्ध पछि विवाह गर्नका लागि बाटो खुलेको उनले बताएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफूले ब्र्रतबन्ध गरेको र यसै वर्ष बिहेको तयारी भइरहेको पनि बताएका छन् ।
हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको रहेको पनि उनले जनाएका छन् । यस वर्ष पुष्पका २ फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शन भइसकेका छन् । माघ २७ गते उनको नयाँ फिल्म ‘मनसँग मन’ रिलिजको तयारीमा छ । अभिनयमा कुशल मानिने खड्काको यतिबेला नेपाली फिल्ममा राम्रो माग छ ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्