नेभिगेशन
समाचार

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौँ –चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् ।

गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय छिन् । गौतम पत्रकार ऋषि धमलाका पत्नी हुन् । पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको तयारी छ । पाँचवर्ष निर्माण भएको 'अनुराग'बाट फिल्ममा डेब्यु गरेकी एलिजाको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार