नेभिगेशन
समाचार

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौँ –नागरिकता प्रकरणमा दोषी ठहर भएर पदमुक्त रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालेका छन् । 

सर्वाेच्च अदालतले शुक्रबार गरेको फैसलाबमोजिम लामिछानेको वद मुक्त भएको हो । उनले शुक्रबार नै प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।  

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ ।

pm-prachanda_V1jyoT9qkI1674898598.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार