Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

शनिबार, माघ १४, २०७९

 

काठमाडौँ –केन्द्रीय सर्भरमै समस्या आएपछि सरकारको अति आवश्यक कामहरू प्रभावित बनेको छ । सिंहदरवारस्थित सरकारी सर्भरमा समस्या आएपछि शनिबार साढे १२ बजेदेखि सरकारी वेवसाइटहरू ठप्प भएको हो । 

अधिकारीहरूका अनुसार नेपालीपोर्ट नामक सफ्टवेयर डाउन भएको हो । 

सरकारी वेवसाइट ठप्प भएपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पनि प्रभावित भएको छ । अध्यागमन विभागको काम प्रभावित हुँदा र सिस्टमले काम नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्नेहरूको विवरण संकलनमा कठिनाइ भएको छ । अध्यागमन कार्यालयका कर्मचारीले सर्भर नचलेको बताएका छन् ।

सर्भर डाउन भएपछि निर्धारित समयमा जहाज उड्न सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणको सर्भर पनि ठप्प हुँदा जहाज उडान प्रभावित बनेको हो । 

अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जीआइबीसीमा समस्या आउँदा सरकारी वेवसाइटहरू ठप्प भएको जानकारी दिए ।

विमानस्थलमा यात्रु अलपत्र
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएपछि  ५ वटा वायुसेवाका यात्रु अलपत्र गरेका छन् । 
सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडान प्रभावित बनेको हो ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्