Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छः उपाध्यक्ष नेम्बाङ

शनिबार, माघ १४, २०७९

काठमाडौँ– नेकपा ९एमाले० का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन्।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले  संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए। उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पु¥याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पु¥याउने धारणा राखे ।

उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताए । उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ÷दश वर्षमा भत्कने अवस्था नरहेको बताए । 

“जनताले जनताका निम्ति बनाएको संविधान हो”, उनले भने, “यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ÷दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।” उनले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताए । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्