Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

शनिबार, माघ १४, २०७९

काठमाडौँ– नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए ।

सङ्घले तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आज सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्यक्रममा सङ्घकी अध्यक्ष कुशुमलता सिंहले प्रहरी श्रीमती सङ्घले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिइन्।

उनले कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस शिविरबाट आँखासम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तिलगङ्गा आँखा अस्पताल, समाजसेवी र प्रहरी अस्पतालका डाक्टरलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्