Nic Ad Nic Ad
Nic Ad Nic Ad

इरानमा भूकम्प : ७ जनाको मृत्यु, ४४० घाइते 

आइतबार, माघ १५, २०७९

काठमाडौँ –  इरानमा भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । अन्तराष्ट्रिय संचार माध्यायमका अनुसार शनिबार राति गएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । 

यस्तै, ४४० जना भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तको खोया सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । 

५.९ रेक्टरस्केल मापन गरिएको भूकम्पको धक्का शक्तिशाली थियो । इरानको पश्चिमी अजरबैजान प्रान्तका धेरै क्षेत्रमा महसुस गरिएको संचार माध्यामले जनाएका छन्। छिमेकी पूर्वी अजरबैजानको प्रान्तीय राजधानी ताब्रिजलगायत धेरै शहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। 
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०६:५१
प्रतिक्रिया दिनुहोस्