Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेश राजधानीमा टेक्ने वित्तिकै नयाँ महसुस गराउने योजनामा छु : मन्त्री शाह 

आइतबार, माघ १५, २०७९

काठमाडौँ – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेशको राजनधानी टेक्ने वित्तिकै केही नयाँ महसुस गराउने योजनामा आफू रहेको बताएका छन् । 

एकीकृत बस्ती विकास गर्ने योजना रहेको सुनाउँदै उनले  साथै खानेपानी, व्यवस्थित बस्ती विकास, विद्युत्का तार अन्डरग्राउन्ड गर्न आफ्नो ध्यान जाने बताएका छन् । 

शाहले रणनीतिक महत्त्वका आयोजनाहरू पूरा गर्न प्रदेशको मात्रै सामर्थ्यले नसकिने भन्दै त्यसका निम्ति सङ्घीय सरकारसँग सहर्काय गरेर आयोजनाहरू परिपूर्ति गर्न सकिने बताए।

‘दैलेखको पञ्चकोशी क्षेत्रलाई एकीकृत विकासको रूपमा विकास, कर्णाली कोरिडोर, कर्णाली नदीमा जल पर्यटनका निम्ति अध्ययन अनुसन्धान गर्ने सोच बनाएको छु,’ उनले भने । 

कर्णाली र भेरी कोरिडोरको विकास गर्न नितान्त आवश्यक रहेको यसका निम्ति आफू पनि योजना बनाएर अगाडि बढ्ने उनले बताए । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्