Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपाल आउँदै 

आइतबार, माघ १५, २०७९

काठमाडौँ – अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छन्। २ दिने भ्रमणमा आएकी उनी आज र भोलि नेपालमा रहने छिन् । 

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । उनको भ्रमण तालिका र कार्यसूचीका विषय परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनीले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन्। 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्