नेभिगेशन
समाज विविध

आज नयाँ नागरिकता लिँदै रवि लामिछाने

काठमाडौँ- रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्ति नगरेकाे भन्दै सर्वाेच्च अदालतले शुक्रबार उनकाे सांसद पद खारेज गरिदिएकाे थियाे । 

सर्वाेच्चकाे आदेशसँगै उनकाे मन्त्री पद पनि गुमेकाे थियाे । आदेशलगत्तै लामिछानेले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितकाे संवैधानिक इजलासले लामिछानेविरुद्धकाे मुद्दाको फैसला गर्दै पुनः प्रक्रिया पूरा नगरेसम्म उनकाे नागरिकता कायम नहुने ठहर गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध