Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा १ वर्ष ५३२ विद्यार्थीले गरे आत्महत्या

आइतबार, माघ १५, २०७९

ढाका –बंगलादेशमा ५३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेकाे अध्ययनले देखाएको हो ।

१५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले ३४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताए । 

त्यस्तै १०६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्महत्या गरेका थिए ।

विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए । विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरे । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्