नेभिगेशन
समाज विविध

सातै प्रदेशमा मुटु रोगको उपचार गर्ने अस्पताल बन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन् । 
आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
प्रधानमन्त्री दाहालले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नका लागि ऐन, निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउने प्रतिबद्धत व्यक्त गरे । 
‘जनताको मौलिक अधिकार हो स्वास्थ्य सेवा प्राप्त गर्नु । राज्यको दायित्व हो त्यसलाई पूरा गर्नु । त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक पर्ने ऐन अहिलेसम्म बन्न सकेका छैनन्, ‘मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नका लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।’
सातै प्रदेशमा विशेष अस्पताल निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । 
उनले गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिबद्धतासमेत जनाए ।
प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै केही घटनाक्रमले समाजमा राज्यप्रति वितृष्णा पैदा हुने संकेत देखिएको बताए । 
कर्मचारीतन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने उनको भनाइ छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध