रवि लामिछानेले पाए नागरिकता
काठमाडौँ–रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिएका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार लामछिानेको नागरिकता पुनः कामय गर्ने निर्णय गरेको हो ।
लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता पुनः प्राप्तिको लागि निवेदन दिएका थिए ।
उनले २०५० सालमा काठमाडौँबाट नागरिकता लिएका थिए । तर, २०७० मा उनी अमेरिकी नागरिक बनेका थिए ।
नेपालको नागरिकता ऐनले कुनै पनि नेपाली नागरिकले विदेशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ ।
त्यसरी विदेशको नागरिक भएको व्यक्ति पुनः नेपाल फर्केर नेपाली नागरिक हुन चाहेमा विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता प्राप्तिको प्रक्रियामा सहभागी हुनुपर्छ ।
तर, लामिछानेले भने नेपाल फर्र्केर उनले पुरानै नागरिकता प्रयोग गरेको पुष्टि भएको छ ।
अमेरिकाको नागरिक भएर नेपाल फर्किएपछि लामिछानले पुरानो नागरिकता अद्यावधिक गर्नुपर्ने कानुनको प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले शुक्रबार गरेको थियो ।
सोही कारण लामिछानेले सांसद पद, उपप्रधान तथा गृहमन्त्री र पार्टीको सभापति पद गुमाएका थिए ।