नेभिगेशन
विश्व

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

इस्लामावाद –पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ ।

मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताए । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ४८ यात्रु सवार थिए र ३ जनालाई जीवितै उद्धार गरिएको छ । 

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सयभन्दा बढी मानिस मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन