Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिला पूजा गर्न जनकपुरधाममा भिड

आइतबार, माघ १५, २०७९

जनकपुरधाम– भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको वेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम पुर्‍याइएको छ ।

आइतबार देवशिलालाई देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा लगेर पूजा गरिएको हो ।

यसअघि नेपालको म्याग्दीको गलेश्वरधामलगायत धार्मिक स्थानमा लगेर पूजा, अर्चना गरिएको थियो । देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्याका पु¥याउने गरी बिदाइ गरिने जानकी मन्दिरका पुरोहितले जानकारी दिए ।

भारत पठाउनका लागि ५ वटा शिला पहिचान गरिएकामा २ वटा शिला पठाउन लागिएको हो । भारत पठाउनुअघि परीक्षण गरिएका ती शिला ‘२६ टन र १४ टन’ तौलका छन् । भारत पठाउन लागिएका शिलाहरूको पूजा, आराधनाका लागि जनकपुरधाममा भक्तजनको भिड लागेको छ ।

शिलाको पूजाका लागि जनकपुरबासी उपस्थित भई रमाइलो गरिरहेका छन् । नेपालबाट शिला भारत लान लागेकाले आफूहरू खुसी भएको जनकपुरधामबासी बताउँछन् ।

यसले नेपाल र भारतीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उनीहरूको विश्वास छ । शिला बुधबारसम्म राम जन्मभूमिको ट्रस्टलाई जिम्मा लगाउने तयारी छ । 

कालीगण्डकीबाट पोखरा हुँदै शिलालाई विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्