नेभिगेशन
सुरक्षा–अपराध

प्रहरीले गर्‍याे ठुलाे परिमाणमा नक्कली मदिरा बरामद

३ जना पक्राउ

काठमाडाैँ- प्रहरीले नक्कली मदिरा बरामद गरेकाे छ । प्रहरीका अनुसार स्टिकर नलगाइएका अवैध मदिरा बरामद गरिएकाे हाे । 

काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले काठमाडाैँमा नक्कदी मदिरा फेला पारेपछि फलाेअप गर्दै जाँदा ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना भेटेको हो ।

यसैबीच नक्कली मदिरा कारखाना सञ्चालन गरेको आरोपमा पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा दोलखा कालिञ्चोक गाउँपालिका– ३ का २७ वर्षीय निरज जोशी, स्याङ्जा गल्याङ नगरपालिका–९ का २६ वर्षीया धर्मी गौडेल र सिन्धुली तिनपाटन गाउँपालिका–२ का २६ वर्षीय गणेशबहादुर रानामगर छन् ।

 

madira (1)1674982970.jpg

madira (4)1674982969.jpg

madira (2)1674982968.jpg

madira (3)1674982968.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ