Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले भन्यो –गृह मन्त्रालयमा दाबी रहन्छ, बोलायो केन्द्रीय समिति बैठक

आइतबार, माघ १५, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दाबी यथावत् रहने दाबी गरेको छ । नागरिकता विवादमा मुछिएपछि अध्यक्ष रावि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आइतबार पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् ।

पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दाबी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ । 

यसैबीच पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ । समसामयिक विषयमा धारणा बनाउन केन्द्रीय समिति बैठक आइतबार साँझ बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ । उनको नागरिकता प्राप्त भएकाले सभापति बनाइने केन्द्रीय समितिको तयारी छ ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो । लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए । नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका थिए । 


 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्