Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड भेट्न ओली बालुवाटारमा

आइतबार, माघ १५, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अहिले छलफल चलिरहेको छ । समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नागरिकताको विषयमा सर्वोच्चले गरेको फैसला र त्यसलगत्तै लामिछानेले आफ्नो पुरानो नागरिकता कायम गरेको अहिलेको अवस्थामा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच भेटघाट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्