Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेले फिर्ता गरे पासपोर्ट

आइतबार, माघ १५, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफ्नो पासपोर्ट फिर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आफ्नो पुरानो नागरिकता पुनः कायम गरेपछि लामिछानेले राहदानी विभाग पुगेर आफ्नो पासपोर्ट (राहदानी) फिर्ता गरेका हुन् ।

कानुनमा कुनै पनि व्यक्तिले आफ्नो नाममा जारी भएको पासपोर्ट आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने अवस्थामा विभागमा फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार लामिछानेले पासपोर्ट फिर्ता गरेका हुन् ।

उनले २०७० सालमा अमेरिकी नागरिकता लिएका थिए । उनले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको थियो । तर, लामिछानेले निष्क्रिय भइसकेको नेपाली नागरिकताका आधारमा त्यसको एक वर्षपछि नेपाली पासपोर्ट लिएका बताइएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्