नेभिगेशन
अटोमोबाइल्स

१७९ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

काठमाडौँ–राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम दिएको छ ।

तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गरे । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जिसी.लगायतको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अटोमोबाइल्स