Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध उजुरी दिने समय थप

आइतबार, माघ १५, २०७९

काठमाडौँ–नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आइतबार जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्