Nic Ad Nic Ad
Nic Ad Nic Ad

यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक विजेता सुष्मा तामाङ सम्मानित

आइतबार, माघ १५, २०७९

काठमाडौँ– शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आज सम्मान गरेको छ ।

फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरिन् । फाउण्डेशनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो ।

यही जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मङ्गोलियाका खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसँग पाराजित भइन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार