Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफै मरेको खबर फैलाएपछि...

सोमबार, माघ १६, २०७९

काठमाडौँ – संसारमा मान्छेका आ–आफ्ना रहर हुन्छन् । कतिपय रहरहरु समाजमा पच्ने खालका हुन्छन् त कतिपय रहरहरु समाजले पचाउन पनि सक्दैन् । ब्राजिलका एक व्यक्तिको रहर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ तर नकारात्मक टिप्पणीका साथ । 

द मिररको रिपोर्ट अनुसार ब्राजिलका६० वर्षका बाल्टजार लेमोसले आफू मरेको खबर सामाजिक सञ्जालमा फैलाए । सामाजिक सञ्जालमा खबर फैलाएपछि आफ्नो अन्तिम संस्कारको तयार गरे । मसानघाटमा पु¥याएपछि ती व्यक्ति जिवित नै भएको देखियो । उनी आफै मसानघाटमा जिवित देखिए । 

उनले आफूलाई कति मान्छेले सहानुभूति राख्छन् भन्ने जान्नका लागि त्यो काम गरेका हुन् । उनी आफैले कतिको सहयोग मिल्छ भनेर हेर्नका लागि यस्तो काम गरेको बताए । त्यो खबर सामाजिक सञ्जालमा फैलिएपछि धेरैले आलोचना गरेका छन् । उनको उक्त कदमको सामाजिक सञ्जालमा कडा आलोचना भएको छ ।

गत हप्ता, लेमोसले फेसबुकमा आफ्नो मृत्युको गलत समाचार फैलाए। उनको फेसबुक अकाउन्टबाट बाल्थाजार लेमोस यो संसारमा रहेनन् भन्ने घोषणा गरिएको थियो । मानिसहरूलाई फेसबुकमा उनको अन्तिम यात्राको पूर्ण तालिका पनि भनिएको थियो र अन्त्यमा फेसबुकमा अन्तिम संस्कारको भिडियो पनि शेयर गरिएको थियो जसमा लेमोसका साथीहरू र आफन्तहरू पनि देखिएका थिए। 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्